सचिवालयको नेतृत्व अनुभवी प्रशासक प्रदीप परियारले सम्हाल्ने
प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को स्वकीय सचिवालयको नेतृत्व अनुभवी प्रशासक प्रदीप परियारले सम्हाल्ने भएका छन्।प्रशासनिक दक्षता र कार्यकुशलताका लागि परिचित परियारले ३२ वर्षकै उमेरमा सहसचिव पद हासिल गर्दै विशेष रेकर्ड बनाएका थिए।उनी लामो समयदेखि निजामती सेवामा सक्रिय रहँदै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। नीतिगत बुझाइ, निर्णय क्षमतासहितको प्रशासनिक अनुभवका कारण उनलाई बालेनको सचिवालयको नेतृत्व दिइएको बताइएको छ।
बालेन नेतृत्वमा बन्ने सरकारका लागि सक्षम र परिणाममुखी टिम निर्माण गर्ने रणनीति अनुसार सचिवालयमा पनि दक्ष जनशक्ति ल्याउने प्रयास भइरहेको छ।स्वकीय सचिवालय प्रधानमन्त्रीको कार्यसम्पादन, समन्वय र नीति कार्यान्वयनमा महत्वपूर्ण हुने भएकाले अनुभवी अधिकारीलाई जिम्मेवारी दिइएको बुझिएको छ।
