चितवन २ मा समाजिक अभियान्ता मिना खरेललाई सम्झदा
दिगन्तराज पन्त
देशमा २००७ सालको क्रान्ति,२०१७ पुस १ गते पन्चायती ब्यबस्थ लागु भएपछि विभिन्न आन्दोलन भए । २०३६ सालमा निर्दलियताका बिरुद्द आन्दोलन भए ।२०४६ सालमा बहुदल प्राप्तिको लागि आन्दोलन भयो ।अनि २०६२ मा गणतन्त्र प्राप्तीको लागि आन्दोलन भए ।तर कुनै भौतिक संरचना ध्वस्त भएनन । तर २०५२ पछि मावोबादी आनदोलन र २०८२ को genz आन्दोलन अलि फरक रह्यो । २०८२ को genz युवा को सहादत पछिको आन्दोलनले सिह दरबार,सर्बोच्च अदालत, संसद, विभिन्न जिल्लाका भौतिक संरचना ध्वस्त भए ।जेल तोडियो कति कैदी फरार भए । त्यसको नेतृत्व कस्ले गरेको थियो भन्ने कुरा त्यसपछी बनेको सरकारका मन्त्रीहरु चुनाव गराउन छोडेर धमाधम चुनावमा टिकट लिएर हिड्नुले थप प्रस्ट भएको छ । उध्योग, ब्यबसायिक भवन ध्वस्त भए ,के यहि हो बिकास ? कसरी अनुमान गर्ने यस्ता प्रबृतिका मान्छेबाट देश सहि दिशामा अघि बढ्छ भनेर ।जिल्ला सदरमुकाम बहुदल प्राप्तीपछि सडक पुगेको हो ? गाउँ गाउँमा सडक पुर्याउने जिल्ला जिल्लामा क्याम्पस बहुदल आएपछी नै बनेको होइन ?३५ बर्षसम्म के भयो भनेर २८ बर्ष मुनिका भाइ बहिनिलाइ थाह नहुनु स्वभाबिकै हो।पछिल्लो समयको उदाहरण दिएर मात्र पुग्दैन । बुवाको पालामा जिल्ला सदरमुकाम पुग्दा, अन्चलको सदरमुकाम पुग्न र राजधानीसम्म पुग्न कति समस्या थियो कति समय लाग्थ्यो।अहिलेको अवस्थामा मेची महाकाली पुग्न सहज भएको यहि ३५ बर्षमा भएका काम होइनन । केही भएन भन्न मिल्छ ? अफबाह फैलाएर देशलाइ कता धकेल्न खोजिएको हो यसमा बिबेक पुर्याउन जरुरी छ । सिहदरबार सर्बोच्च अदालत जल्दा ललितपुर भक्तपुरका बारुण यन्त्र आउदा आडैमा भएको काठमान्डाै महानगरको बारुणयन्त्र कता गयो ? तिनै महानगरका प्रमुख भावी प्रधानमन्त्री बनाउने भन्दै भोट मागिएको छ । घटना परिघटना सम्झनुस मनन गर्नुस अनि मत कसलाइ दिने भनेर निर्णय गर्नुस । नेपाली काङ्रेसभित्र यस्ता थुप्रै आन्दोलन भए जनताको पक्षमा ।बेलाबेला बिद्रोह हुँदै आएकै हो । विभिन्न चरणमा आफ्नै पार्टीको नेताको बिरुद्द पनि बिरोधका स्वर निस्केको सुन्नु भएकै हो ।पछिल्लो पटक बिशेष महाधिबेसन गरेर पार्टीमा सुधार गरिएको छ ।हिजो पार्टीले गरेको निर्णयलाई गलत हो भन्दै काङ्रेसबाट बाहिरिनु भएका काङ्रेसका पुराना नेताहरु समेत अहिलेको पार्टी संरचनाको बिश्वास गर्दै फर्कनु भएको छ ।हाम्रो चितवनको दुई नम्बर क्षेत्रमा त झन आफ्नै ब्यक्तिगत पहलमा दीन दुखी असहायका लागि सहयोग गर्दै आउनुभएकी समाजसेवी नेतृ मिना खरेललाई नेपाली काङ्रेसले उमेदवार बनाएको छ ।सहकारी पिडितको पक्षमा बोल्ने आट गर्ने हाम्रै भरतपुर कि हाम्रै चितवनकै चेलीलाइ फाल्गुन २१गते रुखमा स्वस्तिक छाप लगाइअत्याधिक मतले बिजयी बनाउन जनता उत्साह देखिएकाे नागरिकहरू बताउछन् ।
