माधव नेपालको स्वास्थ्यमा समस्या

Spread the love

पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव नेपालको स्वास्थ्यमा समस्या देखिएको छ। छातीमा संक्रमण देखिएपछि उनले बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर स्वास्थ्य परीक्षण गराएका थिए। चिकित्सकको सल्लाहअनुसार हाल उनी अस्पताल भर्ना नभई कोटेश्वरस्थित आफ्नै निवासमा आराम गरिरहेका छन्।नेपालका स्वकीय सचिव लक्ष्मण रेग्मीका अनुसार उनी नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गएका थिए। परीक्षणका क्रममा छातीमा संक्रमण देखिएको भए पनि अवस्था गम्भीर नरहेको र घरमै आराम गर्न चिकित्सकले सुझाव दिएको रेग्मीले बताए। नेपाललाई यसअघि पनि छातीसम्बन्धी संक्रमणको समस्या देखिँदै आएको जनाइएको छ।हाल माधव नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा आराम गरिरहेको सचिवालयले जनाएको छ। स्वास्थ्यमा पूर्ण सुधार आएपछि मात्र उनी नियमित राजनीतिक तथा सार्वजनिक गतिविधिमा फर्किने बताइएको छ।