महान्यायाधिवक्ताको निवेदन रुपन्देही जिल्ला अदालतले अस्वीकार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता गर्ने महान्यायाधिवक्ताको निवेदन रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ।जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार, सर्वोच्च अदालतमा सो विषयमा रिट विचाराधीन रहेको हुँदा त्यसको अन्तिम टुंगो लागेपछि मात्र मुद्दा पेश गर्न अनुमति हुने आदेश अदालतले दिएको हो।माघ ६ गते न्यायाधीश श्यामलाल घिमिरेको इजलासले “उक्त विषयमा सर्वोच्च अदालतमा परेको रिट विचाराधीन नै रहेको बुझिन आएकोले अन्तरिम आदेशको टुंगो लागेपछि मात्र पेश गर्नू” भनी निर्देशन दिएको पौडेलले जानकारी दिए।महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगी मुद्दा भने कायम राख्दै, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग फिर्ता गर्ने अनुरोध जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरेको थियो। तर अदालतले तत्काल फिर्ता दिन नमिल्ने निर्णय गरेको हो।
