बाल विकासका लागी चेतना मुलक कार्यक्रम सम्पन्न

Spread the love

सबिना प्रजा

भरतपुर महानगरपालिका वडा नं. १० को आयोजनामा चित्रसेन राष्ट्रिय आधारभूत विद्यालय भरतपुर १० का सम्पूर्ण छात्रा छात्र

हरुलाई स्वास्थ्य सम्बन्धि चेतनामुलक कार्यक्रम अन्तर्गत चिकित्सक हरुको उपस्थितिमा स्वास्थ्य परिक्षण तथा पौष्टिक आहार वितरण कार्यक्रम उज्यालो भविष्य विविध कार्यक्रम प्रा.लि. को समन्वयमा आज सम्पन्न भएको छ I

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष परमेश्वर खनाल ,विशिष्ट अतिथि वडा सदस्य सूर्य बदना हमाल, विशिष्ट अतिथि वडा सदस्य रेशम राज थापा

,विशिष्ट अतिथि वडा सदस्य पार्वती नेपाली ,विशिष्ट अतिथि वडा सदस्य निर बहादुर लामा , विशिष्ट अतिथि, वडा सचिव माधव सुबेदी , अतिथि लेखा प्रमुख प्रकाश बहादुर पातली ,

चित्रसेन आधारभूत विद्यालय का प्र. अ. प्रेमराज गौली , अतिथि डा. सागर खतिवडा ,अतिथि डा. प्रशान्त ओझा ,विद्यालय व्यवस्थापन समितिका सदस्य चिन्तामणि गौतम,सिता सिग्देल, नारायण प्रसाद बर्तौला ,कृष्ण राज पौडेल , सहायक प्र.अ.चन्द्रमा न्यौपाने ,

शिक्षकहरु शोभा गुरुङ, जानुका सिग्देल, संगीता पाण्डे , मन्दिरा गुरुङ ,गीता उप्रेती , विशेश्वर रेग्मी ,रोजी कुँवर ,करिश्मा काप्री , विद्यालय कर्मचारी नर कुमारी कटुवाल तथा सम्पूर्ण विद्यार्थी हरुको उपस्थिति रहेको थियो I

ग्यास्ट्रोलोजी विशेषज्ञ डा. सागर खतिवडा तथा मृगौला रोग विशेषज्ञ डा. प्रशान्त ओझाले स्वास्थ्य सम्बन्धि चेतना मुलक कार्यक्रममा प्रशिक्षण दिनुका साथै १४० जना छात्रा छात्र

हरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो I कार्यक्रम उद्घाटन सत्रका अतिथिहरुलाई स्वागत् मन्तव्य राख्दै विशिस्ट अतिथि रेशमराज थापाले स्वास्थ्य सम्बन्धि चेतना र स्वास्थ्य परिक्षण बालक अवस्था देखि नै अपरिहार्य भएको बताउनुभयो I

प्रमुख अतिथि विकास का डाइनामिक लिडर भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनालले स्वास्थ्य सम्बन्धि चेतना , विद्यार्थीहरुको स्वास्थ्य अवस्था , पोशाक साथै अध्यनरत विद्यार्थीहरुको भविष्यको लागी वडा न.१० ले सक्दो सहयोग

गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो I आगामी वर्ष यसै विद्यालयका छात्रा छात्र हरुको लागी विभिन्न कार्यक्रम सहित उपस्थित हुने प्रतिवद्दता जाहेर गर्नुभयो I

उक्त कार्यक्रम उज्यालो भविष्य विविध कार्यक्रम प्रा.लि. का प्रमुखको अध्यक्षतामा सम्पन्न भएको थियो I