नेपाल राहत शिक्षक समिति चितवनको वृहत वनभाेज तथा औपचारिक कार्यक्रम सम्पन्न

Spread the love

देवराज थपलिया

चितवन

नेपाल राहत शिक्षक समिति चितवनले आज एक विशेष कार्यक्रम सहितको वनभोज कार्यक्रम सम्पन्न गरेको छ I

कार्यक्रममा चितवन जिल्ला भरिका पालिका अध्यक्ष हरु मध्येबाट नेतृत्व गर्दै भरतपुर महानगर राहत शिक्षक समितिका अध्यक्ष कविता लम्सालले राहत शिक्षकहरुका विभिन्न समस्याहरु खण्डन गर्दै विरामी बिदामा समेत हामी राहत शिक्षक निकै पिडित हुनुपरेको बताउनु भयो I

नेपाल राहत शिक्षक समिति चितवनका सल्लाहकार समिति संयोजक एवं पुर्व अध्यक्ष श्री शिव प्रसाद लम्सालले आफ्ना मन्तव्यका क्रममा विगत देखि वर्तमान अवस्था सम्म राहतले भोग्नुपरेका विभिन्न समस्याहरु बताउनुभयो I

नेपाल राहत शिक्षक प्रदेश समितिका उपाध्यक्ष राधा पोखरेलले लामो पेशागत सम्मान र स्थायित्वको लडाईबाट खारिएर बनेको एउटा स-शक्त शक्तिबाट नेपाल राहत शिक्षक समिति गठन भएको बताउनुभयो I

नेपाल राहत शिक्षक केन्द्रीय समितिका सदस्य नबिन प्रकाश पण्डितले आफ्नो मन्तव्य दिदै सबै राहत शिक्षकको एकता विना हामि कोहि पनि सफलतामा पुग्न नसक्ने बताउनुभयो I

एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष मन्जु सिम्खडा ले शिक्षकहरुका हरेक माग र मुद्दाका लडाइमा महासंघ लाइ नै अघि सार्नुपर्ने कुरामा जोड दिनुभयो I

नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका सचिव तिलक कुवरले कार्यक्रम सफलताको कामना गर्दै आफुहरु राहात शिक्षकका माग र मुद्दामा सधै अग्र पंक्तिमा रहेर साथ् दिने बताउनुभयो I

नेपाल शिक्षक संघ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठाले आफ्नो मन्तव्यका क्रममा कुनै पनि शिक्षकमा विभेद गर्नु राज्यको गम्भीर त्रुटी रहेको बताउदै आगामी दिनहरुमा यस्तो वातावरण सृजना नगरियोस र आफुले हरेक पल राहत् शिक्षकहरुको न्यायको पक्षमा लड्न तयार रहेको बताउदै कार्यक्रमको सफलताको कामना गर्नुभयो I

नेपाल राहत शिक्षक केन्द्रीय समितिका महासचिव डम्बर राईले सामाजिक सुरक्षाकोष र पेशागत सुरक्षाको बारेमा प्रष्ट पार्दै आगामी निर्वाचन पछी बन्ने नया सरकारलाइ हाम्रा माग मुद्दा र एजेण्डाको स्थापित गर्नका लागी हामि सबै राहत शिक्षक गोलबद्द भएरै मात्र सम्भव हुन्छ ।

जसका लागी चितवन जिल्ला ले आजैदेखी प्रारम्भ गरेको महसुस गर्दै जिल्ला कमिटीलाई धन्यवाद दिनुभयो I

नेपाल शिक्षक महासंघ केन्द्रीय सचिव केशब रेग्मीले आफुहरु सधै शिक्षकका माग र मुद्दामा संघर्षरत रहेको साथै आगामी दिनमा हरेक राहत शिक्षकहरुको एकताबिना लक्ष्यमा पुग्न कठिन हुने बताउनुभयो I

शिक्षा विकाश तथा समन्वय इकाई चितवनका प्रमुख लक्ष्मण देवकोटाले हरेक शिक्षकका समस्या बुझेर पनि नीतिगत व्यवस्था अनुसार कार्य गर्नुपर्ने भएकाले हरेक क्षेत्रमा अप्ठेरो परेको बताउनुभयो I

उहाले हरेक राहत शिक्षकहरुको सम्पूर्ण कागजात उपलब्ध भएमा आफुले अभिलेखीकरण कार्यमा पूर्ण रुपमा सहयोग गर्ने समेत बताउनु भयो I कार्यक्रमको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष विरेन्द्र मल्लले जिल्लामा भएका तमाम अप्ठ्याराहरुको केन्द्रबाट भूमिका निर्वाहका लागि छलफल गरिरहेको बताउनुभयो I

समग्र राहत शिक्षकहरु लक्ष्यमा पुग्नका लागी एक हुन जरुरि रहेको बताउनुभयो I उहाले मन्तव्यका क्रममा सामाजिक सुरक्षा र पेशागत सुरक्षा फरक पाटो रहेकोले यसका बारेमा जिम्मेवार व्यक्तित्व हरुसंग बसेर छलफल भैरहेको बताउनुभयो I

कसैलाई पनि जागिरबाट विस्थापित गर्न नेपाल सरकारले तत्काल कुनै प्रक्रिया अगाडी बढाउने तयारीमा नरहेको कुरामा सबैलाई विश्वस्त हुन आग्रह गर्दै आगामी दिनमा सम्पूर्ण राहत शिक्षक एक ढिक्का भएर अगाडी बढ्नुपर्ने सुझावका साथ् आजको कार्यक्रमको सफलताको कामना गर्नुभयो I

नेपाल राहत शिक्षक समिति चितवनका अध्यक्ष श्याम प्रसाद काफ्ले ले कार्यक्रमको सुरुवातिमै केहि आफ्ना एजेन्डा हरु राख्नुभएको थियो I उहाले आफ्ना एजेन्डा हरुमा राहत शिक्षकहरु प्रति राज्यले व्यक्त गरेका धारणा , संचित विरामी विदाको बारेमा सहजीकरण , अभिलेखीकरण प्रक्रियामा सहजीकरण , सरुवाका विषयमा सहजीकरण जस्ता विभिन्न ८ वटा समस्याका बारेमा केन्द्रीय समिति तथा समन्वय इकाई प्रमुख चितवन समक्ष अनुरोध गर्नु भएको थियो I

उहाले समग्र रुपमा हेर्दा अहिले सम्मका प्राप्त उपलब्धिहरु हाम्रो मेहनत र आन्दोलनप्रतिको सहभागिता रहेको स्मरण गराउनुभयो साथै आगामी दिनमा एकजुट भइ आफ्ना माग र मुद्दामा अगाडी बढ्न समेत सबैलाई अपिल गर्नुभयो I

यस वृहत कार्यक्रमका सम्पूर्ण अतिथिवर्ग हरुलाई नेपाल राहत शिक्षक समिति चितवनका उपाध्यक्ष ज्योती अधिकारीले स्वागत मन्तव्य दिदै स्वागत गर्नुभएको थियो I

कार्यक्रम नेपाल राहत शिक्षक समिति चितवनका सचिव बुद्दिराम काफ्लेले संचालन गर्नुभएको थियो भने नेपाल राहत शिक्षक समिति चितवनका अध्यक्ष श्याम काफ्लेको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो I