लघु घरेलु तथा सफल भविष्य द्वारा आयोजित दिक्ष्यान्त समारोह
चितवन लघु घरेलु तथा साना उघाेग प्रवर्धन केन्द्र त्रिपुरेस्वर काठमान्डाै आयाेजक र सफल भविस्य प्रा लि• सह आयोजक रहेकाे कार्यक्रममा २२ जनालाई बेसिक सिलाई कटाई कार्यक्रम सम्पन्न गरेकाे छ । लघु घरेलु तथा साना उघाेग प्रवर्धन केन्द्र काठमान्डाैका उपसचिव अमित आचार्य प्रमुख अतिथि रहनु भएकाे कार्यक्रमा विशिष्ट अतिथिमा समाजसेबि राममणि उपाध्याय पौडेल , विशिष्ट अतिथिमा जिल्ला सहकारि संघ शिक्षा उपसमितिका सयाेजक देबेन्द्र गुरूङ्ग , अतिथिमा जिल्ला सहकारि संघ का ब्यावास्थापक बिनाेद खतिवडा , अतिथिमा लघु घरेलु कार्यलयका नारायण भुसाल रहनु भएकाे थियाे। प्रमुख अतिथि अमित आचार्यले बेसिक सिलाई कटाई कार्यक्रम अत्यन्तै राम्रा्े सँग मिहेनत गरि सिक्नु भएकाेले सबैलाई ब्यावसायी बन्न शुभकामना दिनु भयाे । बेसिक सिलाई कटाई बाट सम्पन्न सबैलाई लघु घरेलु तर्फबाट सक्दाे सहयाेग गर्ने बताउनु भयाे। १९ गते बैशाखदेखि सुरू भएकाेबेसिक सिलाई कटाई कार्यक्रम पाठ्यक्रम अनुसार सादा टाेपि ,पेटे भाेटाे, बेबि सुरूवाल,बाहुले भाेटाे,पेटिकाेट,एप्राेन ,म्याक्सि, सादा बलाउज, साधारण कुर्था, सुरूवाल,बेबि फ्रक, जम्पर, पाईजामा ,गाउन, वानपिस ,बाबि सट ,बाबा कट्टु , चाैबन्दि र सफलभविस्यकाे तर्फबाट ढाका टाेपि काे कोर्ष थप गरि १९ बिषय सिकाइएकाे विद्यार्थी अम्बिका कुमाल मगरले बताउनु भयाे । बेसिक सिलाई कटाईमा २१ महिला १ पुरूष गरि २२ जनालाइ भरतपुर १२ का वडाअध्यक्ष र वडा सचिव काे प्रत्येक्ष निगरानिमा सिकाएकाे बताउनु भयाे। पटक पटक निरीक्षण विभिन्न सरकारि कार्यलयले गर्नु भएकाे कार्यलयका कर्मचारि अर्जुन ढकालले बताउनु भयाे। प्रशिक्षक उषादेबि श्रेस्ठ ,सहायकमा ज्ञानु निराैला रहनुभएको थियो। विद्यार्थीहरुमा संगिता लुईटेल, मनिसा श्रेस्ठ , प्रतिभा घिमिरे , गिता खड्का ,गाैरब खतिवडा , पुनमायाँ बिरकट्टा मगर ,रेनुका रेग्मी, बिनु अर्याल , सान्ता रेग्मी, अम्बिका मगर कुमाल, सरस्वति पाैडेल ,निर्मला बानिया ,यमकुमारि जि सि , खिमि मगर, रन्जना रानाभाट, यम कुमारि घले ,लक्ष्मि प्रभा पन्त, रश्मि थापा मगर, लक्ष्मि आचार्य, सम्झना सापकाेटा , प्रमिला मगर ,रहेकाे अर्जुन ढकालले बताउनु भयाे सबै जनाको उत्साह जनक उपस्थिति थियाे भने सबै दिन उपस्थित रअनुसासित हुने ,आफुले सिकेर अरूलाई सिकाउने अम्बिका मगर कुमाल ,राधिका श्रेस्ठ ,पुनमायाँ बिरकट्टा मगर ,मनािसा श्रेस्ठ, लक्ष्मि प्रभा पन्तलाई सम्मान गरिएकाे थियाे ।दिक्षान्त समाराे सफल भविस्य प्रा. लि. का अध्यक्ष देवराज थपलियाकाे अध्यक्षतामा सम्पन्न भयाे ।
