छोटो अवधिमा सुनको मूल्य उतार चढाव रहन सक्ने
विश्लेषकहरूका अनुसार सुन अहिले करिब ४,००० डलरको आसपास केही समय स्थिर रहन सक्छ। दीर्घकालीन रूपमा सुनको मूल्य बढ्ने सम्भावना अझै बलियो छ। कारणहरूमा भूराजनीतिक जोखिम, मुद्रास्फीति र केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन किनिरहनु प्रमुख हुन्।
एचएसबीसी बैंकले सन् २०२६ को पहिलो छमाहीमा सुनको मूल्य प्रतिऔंस ५,००० डलर पुग्ने अनुमान गरेको छ। उक्त बैंकले २०२५ को औसत मूल्य करिब ३,४५५ डलर र २०२६ को औसत करिब ४,६०० डलर हुने बताएको छ।
बैंक अफ अमेरिका र सोसिएटे जेनरालले पनि यस्तै अनुमान गरेका छन्, जसअनुसार २०२६ सम्म सुन ५,००० डलरसम्म पुग्न सक्छ। एएनजेडले भने मूल्य २०२६ को मध्यतिर करिब ४,६०० डलरमा पुग्ने र त्यसपछि केही घट्ने बताएको छ।
जेपीमर्गनका अनुसार २०२५ को अन्त्यतिर सुनको औसत मूल्य ३,६७५ डलर र २०२६ को मध्यतिर ४,००० डलर पुग्न सक्छ।
छोटो अवधिमा सुनको मूल्य उतार–चढाव रहन सक्छ, तर लामो अवधिमा सुनको बजार अझै बलियो देखिन्छ। यदि मूल्य ४,१४० माथि पुनः पुगेमा सुन पुनः ४,३३० वा ४,३८० डलरसम्म पुग्ने सम्भावना छ। तर ४,००० तल स्थायी रूपमा झरेमा मूल्य ३,९४५–३,८५० डलरसम्म घट्न सक्छ। सुनको मूल्य अहिले अस्थिर भए पनि दीर्घकालीन रूपमा सुन अझै आकर्षक लगानी विकल्पका रूपमा रहने विश्वास छ ।
