लोकप्रियताको भरमा अघि सारिएका पात्रहरूले दीर्घकालीन राजनीतिक सुधार दिन नसक्ने-महेश बस्नेत
महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भएको सहमतिलाई लिएर गम्भीर प्रश्न उठाएका छन्।बस्नेतले नयाँ अनुहार देखिँदैमा देश नफेरिने दाबी गर्दै रवि–बालेन केन्द्रित राजनीति व्यक्तिवादी र दिशाहीन रहेको टिप्पणी गरेका छन्। लोकप्रियताको भरमा अघि सारिएका पात्रहरूले दीर्घकालीन राजनीतिक सुधार दिन नसक्ने उनको भनाइ छ।उनले बालेनको स्वतन्त्र छवि विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिँदा कमजोर हुँदै जाने उल्लेख गरेका छन्। साथै, भदौ २३ र २४ का घटनालाई भूराजनीतिक षड्यन्त्रको पहिलो चरणको संज्ञा दिँदै यसमा रवि र बालेनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु गम्भीर विषय भएको बताएका छन्।बस्नेतका अनुसार समस्या पुराना दलको अस्तित्व होइन, तिनभित्रका विकृति हुन्। समाधान नयाँ दल खोल्नु नभई पुराना दललाई सुधार र परिमार्जन गर्नु हो। संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट नभए देश फेरि उही भ्रमको चक्रमा फस्ने उनको चेतावनी छ।
