सुहाङ नेम्वाङ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने तयारि

Spread the love

सुवास नेम्वाङको असमय निधनपछि राजनीतिमा प्रवेश गरेका सुहाङ नेम्वाङ २०८१ सालमा इलाम–२ मा भएको उपचुनावमा एमालेको उम्मेदवार बनेर जितेका थिए। संसद्‍मा प्रवेश गरेपछि पनि उनले आफ्नो लोकप्रियता कायम राख्दै सबैका प्रिय मृदुभाषी नेता बनेका छन्।हाल ३७ वर्षका युवा नेता सुहाङले छोटो समयमै एमालेभित्रै युवामाझ आफ्नो छवि बनाइसकेका छन्। तर, ११ औँ महाधिवेशनका लागि पार्टीको संस्थापन पक्षको प्यानलमा उनी समावेश हुन सकेनन्।गत भदौ २३ र २४ मा जेनजी विद्रोहपछि युवा प्रतिनिधित्व बढाउन विधान संशोधन गरिएको थियो र युवाका लागि ५ प्रतिशत छुट्याइएको भए पनि सुहाङ संस्थापन पक्षको प्यानलमा समावेश भएनन्। यसरी ओली प्यानलमा नपरेका उनी अब स्वतन्त्ररूपमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने तयारीमा छन्।