नगरकाे विकास नै हाम्राे मेरूदण्ड – मेयर शशी कुमार खनिया

Spread the love

खैरहनि नगरपालिका मेयर शशी कुमार खनिया नगरकाे कसरी विकास गर्न सकिन्छ भनी विज्ञ व्यक्तीहरु सँग छलफलमा व्यस्त छन्। स्वास्थ मा भने जस्ताे हस्पिटल छैन ,भवन तथा स्वास्थ कर्मि मिलाउनकाे लागि छलफलका साथै शिक्षामा शिक्षक र भवन, बैज्ञानिक शिक्षाप्रणाली , कृषिमा- बैज्ञानिक कृषि प्रणालि लागू गर्नका लागी प्रयास गरिने बताउनुभयो। पर्यटनमा राप्तिकाे छेउतिर पर्यटकिय हाेटल, जङ्गल सफारि तथा वन्यजन्तुकाे संरक्षण गर्न , मानव वस्तिलाई जाेगाउन तारबार गरिने , बाढिपहिराे बाट जाेगाउन नदि तटबन्धन गरिने बताउनु भयाे । एकल महिला, द्ववन्द पिडित , हिम्सामा परेका महिला , बेराेजगार महिला पुरूषलाई स्वराेजगार बनाउन सीप मुलक तालिम दिईने साथै गरिवीकाे रेखामुनि रहेका नागरिकलाई जीवन स्तर उठाउन विभिन्न याेजना बनाउने साथसाथै कार्यनीति बनाइ अगाडी बढ्ने बताउनुभयो। पुर्व पश्चिम हाईवे लाई थप विस्तार गर्न बजेटकाे अभाव रहेकाे बताउनु भयाे ।युवा वर्गलाई खेलमा प्रोत्साहन गरिने बताउनु भयाे । सरकारले प्रयाप्त बजेट दिए देशकाे नमुना नगर बनाई छाेड्ने बताउनु भयाे ।