एकताबद्ध कांग्रेसले मुलुकका समस्या समाधान गर्छ : मुख्यमन्त्री बानियाँ
सरस्वति गाैतम
नेपाली कांग्रेस मकवानपुरको बागमती गाउँपालिका-९ बेतिनी वडा इकाइ समितिद्वारा बेतिनीमा आयोजित अगुवा कार्यकर्ता भला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले यस्तो बताएका छन् ।नेपाली कांग्रेस बागमतीका प्रदेश सभापतिसमेत रहेका बानियाँले मुलुक निर्वाचनमा गएकाले पार्टीभित्र थप एकता आवश्यक रहेको बताए ।
‘देश चुनावमा गएको छ । पार्टीभित्र पनि चुनाव हुँदैछ । अब आन्तरिक विवादमा रूमल्लिनु हुँदैन,’ उनले भने, ‘ पार्टीले योग्य व्यक्तिलाई उम्मेदवार चयन गर्नेछ, टिकट नपाउनेलेअन्तरघातमा लाग्नु हुँदैन। अन्तरघात गर्दा पार्टी कमजोर हुँदैछ, अब त्यस्तो हुनुहुँदैन। ‘नेपाली कांग्रेसले लोकतन्त्रका निम्ति भएका सबै संघर्षको नेतृत्व गरेको भन्दै बानियाँले अब आर्थिक समृद्धीको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताए ।२००७ मा प्रजातन्त्र प्राप्तिको संघर्ष, ३० वर्षे निरङ्कुश पञ्चायत, माओवादीको हिंसात्मक युद्धको अन्त्य माओवादीकै नेतृत्वमा भएको चर्चा गर्दै उनले मुलुकको हितका निम्ति कांग्रेसले अग्रसर रहेको बताए ।उनले जनताको सेवाको निम्ति कांग्रेस पार्टी गठन भएको भन्दै कांग्रेसको विजयका निम्ति जनताको नजिक रहेर काम गर्न कांग्रेस नेता-कार्यकर्तालाई आग्रह गरे ।मुख्यमन्त्री बानियाँले मकवानपुर र ललितपुर जोड्ने मोटरेवल पुल निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले कांग्रेस सबैलाई समेट्न सक्ने पार्टी भएको बताए । विकासको नेतृत्व कांग्रेसले गर्ने भन्दै लामाले जनतालाई भदभाव नगरी पालिका नेतृत्वले विकास गर्नुपर्ने बताए ।बाटो, पुल लगायतका विकासका सपना कांग्रेसले नै गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा ४० जना अगुवा कार्यकर्तालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कांग्रेस जिल्ला सहसचिव इन्दिरा न्योपाने, क्षेत्रीय सभापति दामोदर खनाललगायत उपस्थित थिए ।
