ट्रामाडोल १५ हजार ९६० क्याप्सुल सहित अटो चालक पक्राउ

Spread the love

मकानपुर हेटाैडा राप्तिरोडबाट थानाभर्‍याङ तर्फ जाँदै गरेको बा.प्र.०३-०० १ ह ०१२६ नं. को अटो प्रहरी टोलीलाई देख्नसाथ भागेकोले शंका लागी जिल्ला प्रहरी कार्यालय मकवानपुबाट खटिएको प्रहरी टोलीले पिछा गर्दै जाँदा हेटौडा उपमहानगर पालिका वडा नं. १ तरकारी बजार स्थितमा फेला पारी चालक हेटौडा उपमहानगर वडा १३ बस्ने बर्ष २७ को सोनम मोक्तानलाई रितपुर्वक खानतलासी गर्दा उक्त अटो भित्र लुकाई छिपाई राखिएको अवस्थामा लागुऔषध ट्रमाडोल १५९६० क्याप्सुल फेला परेको उक्त लागू पदार्थ सहित अटो बरामद गरी सोनम मोक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाही भईरहेको जिल्ला प्रहरी कार्यलय मकानपुरका सुचना अधिकारिले बताउनु भयाे ।