यात्रुहरुलाई हैरानी दिने ४ जना नियन्त्रणमा

Spread the love

जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १० स्थित बसपार्कमा आ-आफ्नो गन्तव्य तर्फ जान हिड्दै गरेका यात्रुहरुको जबरजस्ती झोला तथा हात तानी यात्रुको ईच्छा बिपरित सवारी साधनमा चढाई अनावश्यक दुःख हैरानी दिने कार्यमा संलग्न रहेका जिल्ला बारा कोल्वी नगरपालिका वडा नं. २ बस्ने वर्ष २३ को रोहन कुमार भुजेल, जिल्ला मकवानपुर हेटाैडा उपमहानगरपालिका.वडा नं. १० बस्ने बर्ष १९ को सुरज कुमार वडा नं. १ बस्ने बर्ष ३० को सुशान्त तामाङ र .वडा नं. ११ बस्ने बर्ष ३५ को जीवन थोकरलाई प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अभद्र व्यवहार गरेको कसुरमा आवश्यक कारबाही भईरहेको जिल्ला प्रहरी कार्यलय मकानपुरका सुचना अधिकारिले बताउनु भयाे ।