कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन सक्दैन
गृहमन्त्री अर्याललाई हटाउन काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चारमाध्यममा आएका भ्रमपूर्ण विवरणप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कसैलाई मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्माननीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन ।’
आन्दोलनको जनादेशअनुरूप यो सरकार गठन भएको उल्लेख गर्दै विज्ञप्तिमा अर्यालले गृहमन्त्रीको जिम्मेवारीअनुसार काम गरिरहेको पनि जनाइएको छ । प्रधानमन्त्रीको सचिवालयले खण्डन नै गर्नुपर्ने अवस्था आएकाले नै गृहमन्त्री र सरकारको मनोबलमाथि प्रश्न उठेको छ ।
