राजनीतिक दल र जने-जी प्रतिनिधिबीचको छलफलमा
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको सरकार, राजनीतिक दल र जने-जी प्रतिनिधिबीचको छलफलमा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको हो । फागुन २१ का लागि घोषणा गरिएको निर्वाचन कसरी सम्पन्न गर्ने र जेन-जीले उठाएका मागलाई कसरी सम्बोधन गर्ने भन्नेबारे छलफल भएको हो ।
प्रधानमन्त्री कार्की र राजनीतिक दलका प्रतिनिधिहरूलाई जेन-जीका प्रतिनिधिले भने चुनावसँगै सुशासन ल्याउनुपर्ने र भ्रष्टाचार अन्त्य गर्नुपर्ने कार्यलाई पनि अगाडि बढाउनुपर्ने बताएका थिए ।प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार जेन-जी प्रतिनिधिले भनेका थिए, ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव-चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो, यी दुवै एजेन्डामा सरकार सँगसँगै बालुटारमा जारी त्रिपक्षीय वार्तामा कार्कीले भनिन् – ‘मुलुक हाम्रो हो । हामीले नै बनाउने हो । हामीले नबनाए कसैले बनाइदिँदैन । वार्तामा जेन-जीका प्रतिनिधिहरुले बोल्नेक्रम सकिएपछि प्रधानमन्त्री कार्कीले धारणा राखेकी हुन् । वार्तामा जेन–जी अगुवामा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, समना लावती, सागर ढकाल, खेमराज साउद, उपार्जुन चाम्लिङ छन् ।
