भन्सार छलि गरी ल्याईएका कपडाहरु र प्रतिबन्धित पटकाजन्य पदार्थहरु नियन्त्रणमा
मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं १५ रातोमाटे स्थित चार्जिङ स्टेशन अगाडी पुर्व पश्चिम सडक खण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको मदेश प्रदेश ०३-००१च ९०२३ नं. को योद्धा गाडीलाई शंका लागी रोकी चालक जिल्ला रौतहट बृन्दाबन न.पा.वडा नं. ९ बस्ने बर्ष २० को प्रदिप कुमार चौधरी र सोही गाडीमा सवार भई आएका गरुडा न.पा.वडा नं. ४ बस्ने बर्ष ३१ को बिजय साहलाई रितपुर्वक गाडी समेतको खानतलासी गर्दा उक्त गाडीको पछाडी ढाला भित्र भन्सार छलि गरी लुकाई छिपाई ल्याईएका रु.१४,००,०००।– ( चौध लाख) बराबर मुल्यको साडी १३० थान, कुर्था ६९६ थान र टप्स १७५ थान गरी जम्मा १००१ थान र प्रतिबन्धित पटकाजन्य झिरझिरे लगायतको पदार्थहरु अ.रु.२०,००,०००।– ( बिस लाख ) बराबर मुल्यको सामाग्रीहरु फेला पारेको हुंदा उक्त सामाग्रीहरु बरामद गरी निजहरु प्रदिप कुमार चौधरी र बिजय साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मकानपुरका सुचना अधिकारिले बताउनु भयाे ।
