सहसचिवको सरुवा
सात जना सहसचिवको सरुवा गरेको छ । १२ असोजको मन्त्रिपरिषद् बैठकले सहसचिवको सरुवा गरेको हो ।
सरुवामा पर्ने सहसचिवमा काठमाडौं जिल्लाका सीडीओ छविराज रिजालसमेत छन् । २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा काठमाडौंको सीडीओ रहेका रिजाललाई सरकारले सरुवा गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त शाखामा खटाएको हो ।
भिजिट भिसाबारे छानबिनमा परेका त्रिभुवन अन्तर्राष्ट्रिय अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई पनि सोही मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।
त्यसैगरी सरकराले रुद्रसिंह तामाङलाई ऊर्जा मन्त्रालयमा सरुवा गरेको छ । उनी सामान्य प्रशासन मन्त्रालयमा पीएलजीएसपी परियोजना प्रमुख थिए । त्यसैगरी, उद्योग मन्त्रालयमा शम्भुप्रसाद मरासिनी, अर्थ मन्त्रालयमा गजेन्द्रकुमार ठाकुर, कृषि मन्त्रालयमा जीवलाल भुसाल र सञ्चार मन्त्रालयमा छविन्द्र पराजुलीलाई सरुवा गरिएक छ ।
