१७ सदस्यीय समिति गठन
कलाकार तथा संचारकर्मी स्वर्गीय भुपराज पाठकको स्मृति प्रतिष्ठान भेलाले १७ सदस्यीय समिति गठन गरेकाे छ ।अध्यक्षमा बिपिन उपाध्यक्ष इन्दिरा तिवारी, महासचिवमा हरि रानाभाट, सचिवमा रामचन्द्र लम्साल, सहसचिवमा दुर्गाकुमारी लामिछाने, कोषाध्यक्षमा प्रदिप देवकोटा र सदस्यहरुमा देवनारायण शाह, हरि प्रसाद न्यौपाने, बालकृष्ण पाण्डे, कृष्ण प्रसाद पाठक, शुक्रमिया चौधरी, अर्जुन अर्याल, दिप्ती बिश्वकर्मा, डा. एन्जिला चौलागाईं, शंकर गिरी, सीता पाठक चयन हुनुभएको हो । नारायण प्रसाद सापकोटाको संयोजकत्वमा स्मारिका प्रकाशन समिति अधिवक्ता पूर्णचन्द्र चापागाईंको संयोजकत्वमा विधान लेखन समिति तथा नगर प्रमुख ताराकुमारी काजी महत्त्वको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति गठन गरिएको समितिले स्मारिका प्रकाशन गर्ने प्रथम स्मृति दिवस भव्यताका साथ मनाउने निर्णय गरेकाे सदस्यले जानाकारि दिनुभयाे ।
