पूर्वी तटीय सहर वोनसान बाट क्षेप्यास्त्र प्रक्षेपण
अक्टोबर १२ को बिहान ९ः२० र ९ः४० बजे जापान सागरतर्फ प्रक्षेपण गरिएको जापानी अधिकारीहरूको भनाइ छ। दुवै क्षेप्यास्त्र विशेष आर्थिक क्षेत्रबाहिर खसेको अनुमान गरिएको छ भने विमान र पानीजहाजमा क्षतिको खबर आएको छैन।उत्तर कोरियाले दुईवटा शङ्कास्पद ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि जापानी प्रधानमन्त्री सानाए ताकाइचीले सम्बन्धित निकायलाई सूचना विश्लेषण र यातायात सुरक्षामा जुट्न निर्देशन दिएकी छन्।
ताकाइचीले घटनासम्बन्धी सूचना समयमै सार्वजनिक गर्न पनि आग्रह गरेकी छन्। उत्तर कोरियाले यसअघि अक्टोबर ३ मा पूर्वी तटीय सहर वोनसानबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो।
