नागरिकलाई सास्ति
देशभरका यातायात कार्यालयबाट हने सबै काम रोकिएका छन् । यातायात कार्यालय अन्तर्गतका परीक्षासमेत रोकिएका छन् । यातायात विभागको अनलाइन प्रणाली अहिले आंशिक चले पनि पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्नेछ ।
उता सवारी नियम उल्लंघन गर्ने सवारीसाधन र ट्राफिक कार्यालयमा राखिएका चालकको ब्लुबुक तथा लाइसेन्स पनि जलेका छन् । अब सवारीधनीले जलेका सवारीसाधनको क्षतिपूर्ति कसरी प्राप्त गर्छन् ? ब्लुबुक र लाइसेन्स फेरि कसरी लेलान् ? अन्योलको अवस्था छ ।
कानुनमा सवारीसाधनको इन्जिन र चेसिस नम्बरको आधारमा लगत कट्टा गर्न सकिने व्यवस्था छ । त्यो पनि सम्भव नभए स्थानीय तहका आधारमा प्रहरीले सिफारिस गरे लागत कट्टा गरी त्यसकै आधारमा सवारीधनीले बिमा प्रक्रिया अगाडि बढाउन सक्ने बताएकाे छ ।
