११२ किलो ७९० ग्राम लागूऔषध सहित ३ जना पक्राउ
सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाबाट र प्रहरी चौकी बसामाडी लेवट मकवानपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका. वडा नं. ३ बसामाडी चौकी अगाडी पुर्व पश्चिम सडकखण्डमा नेवारपानी तर्फबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र.०१-००२ ज ६५४९ नं. को EV गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा चालक जिल्ला काभ्रे पाँचखाल न.पा.८ बस्ने बर्ष २१ को सुदिप तामाङ, २० को सविन तामाङ र जिल्ला दोलखा सैलुङ गा.पा.८ बस्ने बर्ष २२ को सागर तामाङलाई शंका लागि रितपुर्वक गाडी समेतको खानतलासी गर्दा उक्त EV गाडीमा लुकाई छिपाई ल्याईएको अवस्थामा गांजा ११२ किलो ७९० ग्राम फेला पारेको हुंदा उक्त लागु अैाषध तथा सवारी साधन समेतलाई बरामद गरी सुदिप तामाङ, सविन तामाङ र सागर तामाङलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागुअैषध.कसुर मुद्धामा म्याद लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मकानपुरका सुचना अधिकारिले बताउनु भयाे ।
