बढुवा लागि सहसचिवहरूकाे दाैैैड धुप

Spread the love

बढुवा लागि शिक्षा सेवाका सहसचिवहरूले प्रशासन सेवाका सहसचिवहरूलाई पेल्न थालेका छन्। बढुवा लागि शिक्षा सेवाका सहसचिवहरूले प्रशासन सेवाका सहसचिवहरूलाई पेल्न थालेका छन्। सचिव बढुवाका लागि १ नम्बरमा सिफारिस भएका प्रशासन सेवाका सहसचिव डण्डुराज घिमिरेलाई ‘पेलेर’ शिक्षा सेवाका डा. सुवेदी सचिव बन्न सफल भए। शिक्षा सेवा, शिक्षा प्रशासन समूहका सहसचिव सुवेदीले प्रशासन सेवामा सहसचिव घिमिरेलाई सचिव बढुवामा हेरेको हेरै पारिदिएका छन्। अहिले पनि उनको सचिव बढुवामा शिक्षातिर कै सहसचिवसँग प्रतिस्पर्धा देखिन्छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव घिमिरे दोस्रोपटक सचिव बढुवाका लागि पहिलो नम्बरमा सिफारिस हुँदैछन्। उनीसँगै शिक्षा सेवा, शिक्षा प्रशासन समूहका सहसचिवहरू कृष्णप्रसाद काप्री र बैकुण्ठप्रसाद अर्याल सिफारिस हुनेछन्। यो सिफारिसमा भने घिमिरे नै सचिवमा बढुवा हुने निश्चित छ।

२०७१ माघमा प्रशासन सेवाको सहसचिव भएका घिमिरे ५८ वर्ष कायम रहे २ वर्ष सचिव हुन्छन्। उनी २०८४ साउन १ गते ५८ वर्ष पुग्छन्। निजामती कानुन तत्काल पास भए घिमिरेको अवधि थप २ वर्ष थपिने देखिन्छ। काप्री र अर्याल २०७१ माघमा आन्तरिक प्रतिस्पर्धाबाट शिक्षा सेवा, शिक्षा प्रशासन समूहको सहसचिव भएका हुन्। काप्री पनि ५८ वर्ष उमेर हदका कारण २०८४ वैशाख अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी डा. खगेन्द्रप्रसाद सुवेदीको ठाउँमा सचिव हुने सम्भावना छ।