चाँदीको गरगहना सहित सहित १ जना नियन्त्रणमा
विशेष सुचनाको आधारमा जिल्ला मकवानपुर हेटौडा उपमहानगर. वडा नं. १० बसपार्क स्थितबाट देश भारत मोतीहारी जिल्ला घर बताउने वर्ष ५२ को चाँदीलाल साहलाई शंका लागी रितपुर्वक खानतलासी गर्ने क्रममा निजले बोकेको झोला भित्र भन्सार छली गरी ल्याईएको चाँदीको जस्तो देखिने धातुबाट बनेको गरगहनाहरु फेला परेकोमा आवश्यक परिक्षणको लागि मकवानपुर सुनचाँदी व्यवसायी संघलाई पत्राचार गर्दा चाँदीनै रहेको र आजको बजार मूल्य अनुसार रु. १,५८,३३२।- बाराबरको रहेको हुदाँ उक्त चादीको गरगहना सहित निज चाँदीलाल साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाही तथा अनुसन्धानको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जि्ल्ला प्रहरी कार्यलय मकानपुरका सुचना अधिकारले बताउनु भयाे ।
