माडि बिकाशका लागि माडी भरतपुर सम्पर्क मन्च लागि युवा अभियान लगायत माडीका सबै सङ्घ सस्थाहरूले गरे अभियानमूलक आन्दोलन तयारि
मितेरी सहकारी समृद्दीका लागि युवा अभियानको सम्युक्त बैठक तथा छलफल भरतपुरको चौबिसकोठिमा बसी सर्बपक्षीय छलफलले योजनाबद्द, क्रमबद्द, चररणबद्द रुपमा भियानमूलक सान्केतिक तथा शान्तिपूर्ण आन्दोलन गर्ने उक्त आन्दोलनको जिम्मेवारी माडीमूखि सबै प्रकारका सङ्घ सस्थहरूको अगुवाइमा माडीका सबै राजनैतिक दलहरूलाई र तिनै तहका सरकारका जनप्रतिनिधिहरूलाई साथमा लिइ राजनैतिक दल र जनप्रतिनिधिहरूको चुनावी नाराहरू पूरा गर्न दबाबमूलक रुपमा अभियान सहित सर्बपक्षीय सर्बदलिय उत्तरदायित्व बहन गर्ने गरी कुनै प्रकारको राजनैतिक गन्ध न आउने गरी माडीसङ्ग सम्बन्धित सबै सङ्घ सस्थाहरूको प्रतिनिधिमूलक सहभागिताबाट एउट बृहत समिति बानाई त्यसै समितिबाट एक साने तर सबैलाई हाक्न सक्ने सचिवालय बनाई अभियान र आन्दोलनलाई योजना मिलाउदै राजनैतिक दल जनप्रतिनिधि माडीलाई केन्द्रमा राख्ने गरी गठन गरिएका सङ्घ सस्थालाई जिवन्तता दिदै सबैको मर्मलाई आत्मसाथ गर्दै सबैको बराबर अस्थित्वलाई कायम राखी काम गर्नसक्ने एक सचिवालयबाट काम गर्ने समेतका माडीको बृहत्तर हितको पक्षमा योजनाबद्द काम गर्ने समेतका निर्णय गर्दै आजको महत्वपूर्ण कार्यक्रमको समापन समेत माडी भरतपुर सम्पर्क मन्चकी अध्यक्ष श्री बिश्णु कुमारी क्षेत्रीले गर्नु भएकोथियो ।
