१३२ एम्पुल डाईजेपाम, मो.सा. सहित १ जना नियन्त्रणमा
प्रहरी चौकी बसामाडी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ३ लेवट स्थित राप्ती खोलाको बगरमा गस्ती गर्दै जाने क्रममा बागमती प्रदेश ०२-०४६ प ७३१४ नं. को मोटरसाईकलमा शंकास्पद रुपमा बसीरहेको अवस्थामा जिल्ला काठमाण्डौ काठमाण्डौ म.न.पा. वडा नं. ११ घर भई हाल जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ३ बस्ने वर्ष ३२ को सुजन शाही खड्गीलाई रितपुर्वक खानतलासी पुर्जी दिई चेकजाँच गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा फेनार्गन ४४ एम्पुल, नुर्फिन ४४ एम्पुल र डाईजेपाम ४४ एम्पुल गरी जम्मा १३२ एम्पुल फेला परेको हुदाँ उक्त लागुऔषध सहित निज सुजन शाही खड्गीलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय मकानपुरले जनाएकाे छ ।
