भ्रष्टाचार र कु:शासनका कारण लाेकतन्त्र खतरामा
२३ मंसिर २०८०
मानवअधिकार तथा शान्ति समाज चितवन शाखाकाे आयाेजनामा भ्रष्टाचार विरुद्धकाे अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा भ्रष्टाचार र कु:शासनका कारण लाेकतन्त्र खतरामा भन्ने मुल ब्यानर सहित चाैबिसकाेठि भरतपुरमा प्रदर्शन गरेकाे छ । उक्त प्रदर्शन कार्यक्रम भ्रष्टाचार विरुद्ध अभियान , भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्था र भ्रष्टाचार विरुद्ध सहयाेगि समूह , नेपाल प्रहरी , सहायक प्रमुख जिल्ला अधिकारी श्री चिरञ्जीवी शर्मा , राजनीतिक दलका प्रतिनिधि , पुर्व माननीय भिम बहादुर श्रेष्ठ , शान्ति समाज चितवनका सभापति शम्भु राउत , शान्ति समाजका केन्द्रीय उपसभापति राजेन्द्र पाैडेल , अधिकारकर्मि अभियन्ताहरु , लगायत सामाजिक ब्यक्तित्व हरुकाे उपस्थिति रहेको थियो । ३० मिनेटको प्रदर्शन पश्चात शान्ति समाज लगायत अन्य संस्थाहरुकाे संयुक्त भ्रष्टाचार विरुद्धको र्यालि जिल्ला समन्वय समितिको प्रांगणमा पुगि खवरदारि सभा गरेर कार्यक्रम समापन गरिएकाे जिल्ला सचिव जीवन के शि ले बताउनु भयाे ।
