नेपाली काग्रेस बलियाे बनाउन कार्यकर्ता बलियाे हुनु जरूरी छ – “वरिष्ठ नेता रामचन्द्र पाैडेल”

Spread the love

नेपाली काग्रेस भरतपुर महानगरपालिका द्वारा आयाेजित नेपालीहरूकाे महान चाड बिजया दशमी, दिपावली, नेपाल सम्बत् तथा छड पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ। शुभकामना आदान प्रदान कार्यक्रममा शुभकामना मन्तव्य दिदै महानगर उपसभापति बुद्धि कान्त न्याैपानेले कार्यकर्ता दुख पाउँदा आफू चुप लागेर नबस्ने र सबैलाई सक्दो सहयाेग गर्ने बताउनु भयाे। काग्रेसका बरिस्ठ नेता रामचन्द्र पाैडेलले नेपाली काग्रेसकाे जग नै कार्यकर्ता भएकाेले कार्यकर्ताले मन बलियाे बनाई एकचित्त भै पार्टिकाे सिद्धान्त अनुसार काम गर्नु पर्ने बताउनु भयाे। विद्यार्थी संघ, तरूण दल ,किसान संघ ,शिक्षक संघ ,सैनिक संघ लगाएत सबै संघकाे निर्वाचन नहुदा सबै वडा, क्षेत्र, महानगर, जिल्ला महाधिबेशन मा नै केन्द्रित भै पार्टिमा भिडभाड भएकाे र संघ सँस्था मा खिया लाग्न थालेकाे साथै कार्यकर्ता नै अलमल भएकाे बताउनु भयाे ।पार्टिका पुर्ब अध्यक्ष टेक प्रसाद गुरूङ्गले चितवनलाई केन्द्रले अन्याय पुर्ण व्यवहार गरेकाेले चितवन लाई क्रान्ति भुमि सम्झि कार्यकर्ताकाे याेगदानकाे कदर गर्नु पर्ने बताउनु भयाे। चितवन जिल्ला सभापति जित नारायण श्रेस्ठले केन्द्रले चितवन जिल्लालाई सधै झुक्याई क्रान्ति भुमि चितवनकाे कार्यकर्ताकाे अपमान गरेकाे बताउनु भयाे। केन्द्रिय पदाधिकारिमा चितवनकाे एकजना नराखि अपमान गरेकाे , भाेट दिने र संगठन चितवनले गर्नु पर्ने तर केन्द्रले समितिकाे भुमिका र मन्त्रि भने दिनमा कन्जुस्याई गर्ने देखिएको छ । अब चितवनकाे कार्यकर्तालाई केन्द्रीय पदाधिकारी पनि दिनु पर्ने बताउनु भयाृे। पुर्ब शिक्षा राज्यमन्त्रि शेषनाथ अधिकारिले कार्यकर्ता एकजुट भए कसैले काग्रेसलाईहराउन नसक्ने बताउनु भयो । निर्वाचित महानगर सभापति चित्रसेन अधिकारिले अब कार्यकर्ताकाे दु ख पाउने दिन गए ।जस्ताे सुकै समस्या पनि कार्यकर्ताकाे घर आगनमा पुगि समस्याकाे सामाधान गरिने बताउनु भयाे। अबकाे निर्वाचनमा सबै मिलि वडा नगर जिल्ला कग्रेसले जित्नका लागि सबै कार्यकर्ता लागि पर्नु पर्ने बताउनु भयाे । शुभकामना आदान प्रदान कार्यक्रमका महानगर सचिव प्रनिशा गुरूङ्ग र कृण्ण बगालेले गर्नु भयाे भने कार्यक्रमकाे समापन महानगरका सभापति चित्रसेन अधिकारिकाे सभापतित्त्वमा सम्पन्न भएकाे थियाे।