भरतपुर महानगरले काेभिड१९ बिरूद्व खाेप लगाउने

Spread the love

जिल्ला काेभिड १९ काे खाेप समन्वय तथा अनुगमन तथा अनुगमन समितिकाे निर्णय अनुसार यस भरतपुर महानगर पालिका अन्तरगत सबै हेल्थपाेस्ट ,स्वास्थ चाैकि , आधारभुत स्वास्थ केन्द्र हरूमा आस्विन १४ गते १२ कक्षा पास गरेका यसअगाबै खाेप लगाएका हरूकाे लागि मात्र दाेस्राे खाेप लगाईने र १५ गते ४५ बर्ष भन्दा माथि खाेप लगाएका हरूकाे लागि दाेस्राे खाेप र१६ गते ४० बर्ष भन्दा माथि सबैलाई दाेस्राे खाेप लगाउने र १७ गते उद्योग बाणिज्य संघ बाट खाेप लगाएका हरूलाई दाेस्राे लगाउने र १८ गते उद्योग संघ बाट खाेप लगाएका हरूकाे लागि दाेस्राे खाेप साबिककै पुरानाे ठाँउमा लगाउने भरतपुर महानगर जनस्वास्थ अधिकृत दिपक सुबेदिले बताउनु भयाे ।उद्योग बाणिज्य संघ र उद्योग संघ पुरानै साबिक ठाँउमा लगाउने र खाेप लगाउन जाँदा खाेप कार्ड लिएर सामाजिक दुरि कायम गर्दै भिडभाड नगरि लाईनमा बसि अनुशा सित भै खाेप सेवालिन हुन जनस्वास्थ अधिकृत दिपक सुबेदिले अनुराेध गर्नु भयाे ।