चितवन २ को मतगणनाको लागि सर्बदलीय बैठक बस्दै

Spread the love

मतगणना कार्य शुरुआत गर्नको लागि चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा आज बिहान आठ बजेबाट सर्बदलीय बैठक बस्ने भनिए पनि ०९:०० बजेबाट सर्बदलीय बैठक बस्ने तयारी भइ रहेको छ सबै पार्टीका प्रतिनिधि, उमेदवार र उमेदवारका प्रतिनिधिहरू जम्मा हुने कार्य चलिरहेको छ ।
मतगणना स्थल बाहिर सर्बसाधारण तथा पार्टी र उमेदवारप्रती चासो राख्ने जन समुदायको भिड बढीरहेको देखिन्छ । मंसिरको महिना बिहान हल्का चिसो समय तर आरामदायी घामको किरणमा समय सापेक्ष राजनीतिक गफगाफ सहित हालको निर्वाचनको बारेमा टिकाटिप्प्णी समेत गर्दै को कसले यो निर्वाचनमाबाजी मार्लान भन्ने अनुमान अड्कलबाजि समेत गर्दै कुराकानी गरिरहेको पाइन्छ ।
हालको अबस्थामा जनताहरू आ आफै शिक्षित भैसकेको हुँदा नेता कार्यकर्ताले भन्दैमा जनता र सर्बसाधारण त्यसको पछि नलाग्ने राम्रो र सक्षम अनुहारको हालको अबस्थामा खोजी भइरहेको समेतका अड्कलबाजि समेत गर्दै मतगणनाको शुरुआत कतिबेला होला र आ आफ्ना पार्टी वा उमेदवारहरूको मत के कति आयो भनेर जानकारी लिन पाइएला भन्दै पर्खेर बसीरहेको देख्न सकिन्छ ।
जे होस सर्बदलीय बैठकको सहमति सहित छिटोभन्दा छिटो मतगणना हुने कुराको जानकारी आएको छ ।