स्कुटर–मोटरसाइकल ठक्करबाट एकको मृत्यु
चितवन — भरतपुर महानगरपालिका–१५ स्थित गाई अनुसन्धान केन्द्र नजिक स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार २०८३ साउन १० गते बिहान ९ः४५ बजे मङ्गलपुरबाट रामपुरतर्फ आउँदै गरेको बा.प्र.०६–०७ प ०४६१ नम्बरको विद्युतीय स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको ना.२४ प ६१९९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक, मोटरसाइकल चालक तथा मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका थिए।
घाइतेहरूको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको थियो। उपचारकै क्रममा मोटरसाइकलको पछाडि सवार भरतपुर महानगरपालिका–८ निवासी ४० वर्षीय अनिल भन्ने अनिरुद्र केसीको २०८३ असोज ११ गते मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले स्कुटर चालक भरतपुर–६ निवासी ६५ वर्षीय अनिरुद्र पौडेल र मोटरसाइकल चालक भरतपुर–८ निवासी ३७ वर्षीय विकास नेपालीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्प्रला प्रहरी कार्यलय चितवनका सुचना अधिकारले बताउनु भयाे ।
