समाचार

सलामी दिने प्रक्रिया निवासमा यसको प्रयोग बहस सुरु

Spread the love

संखुवासभाको मादी नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको हीरक महोत्सवमा सहभागी भएर आफ्नो जन्मघर पुगेका थिए। उनका प्रेस सल्लाहकार देवेन्द्र खापुङका अनुसार तेह्रथुममा उनको कुनै औपचारिक कार्यक्रम थिएन।कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले तेह्रथुमस्थित आफ्नै जन्मघर पुग्दा नेपाल प्रहरीबाट औपचारिक सलामी लिएका छन्। मेन्छ्यायेम गाउँपालिका–५, मोराहाङस्थित निजी निवासमा उनलाई प्रहरी टोलीले सलामी दिएको हो।जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार विशिष्ट व्यक्तिको सुरक्षा तथा प्रोटोकलअन्तर्गत निवास वा भ्रमणका क्रममा सलामी दिने प्रचलनअनुसार प्रहरी टोलीले सलामी दिएको हो। कोशी प्रदेश प्रहरीका अधिकारीहरूले पनि यसलाई नियमित कार्यविधि र प्रचलनअनुसारको सलामी भएको बताएका छन्।

तर, विशिष्ट व्यक्तिले अनावश्यक सलामी र तामझामलाई निरुत्साहित गर्नुपर्ने आवाज उठिरहेका बेला प्रदेश प्रमुखले आफ्नै निजी निवासमा पुगेर सलामी लिएको विषय सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ।यस घटनाप्रति सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन् भने सलामी दिने प्रक्रिया कुन परिस्थितिमा लागू हुन्छ र निजी निवासमा यसको प्रयोग कत्तिको उपयुक्त हुन्छ भन्ने विषयमा बहससमेत सुरु भएको छ।