बैक वित्तीय संस्थामा नगद साट्न जाने ग्राहकको भीड कम हुने
टिकाराम भन्डारि
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै एटीएममा साना दरका नोट राख्ने आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो। हाल अधिकांश एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्रै निकाल्न सकिने अवस्था छ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने व्यवस्था गर्न निर्देशन
चाडपर्वको समयमा साना दरका नोटको माग बढ्ने भएकाले एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउँदा ग्राहकलाई सहज हुने राष्ट्र बैंकको अपेक्षा छ।एटीएमबाट साना दरका नोट उपलब्ध भएपछि बैंक तथा वित्तीय संस्थामा नगद साट्न जाने ग्राहकको भीडसमेत कम हुने विश्वास गरिएको छ।
