गाउँपालिका अध्यक्ष बैठकपछि बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रहरी नियन्त्रणमा

Spread the love

सुरेस कुमार थपलिया

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बीरबल तमाङलाई सोमबार पक्राउ गरेको हो।प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका समस्याबारे छलफल गर्न सिंहदरबार पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैठक सकेर बाहिरिएलगत्तै पक्राउ परेका छन्तामाङ प्रधानमन्त्री शाहसँग छलफल गर्न बिहान सिंहदरबार पुगेका थिए। उनी बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म प्रधानमन्त्रीसँगको छलफलमा सहभागी भएका थिए।बैठक सकेर सिंहदरबारबाट बाहिरिएका तामाङलाई प्रहरी वृत्त दरबारमार्गको टोलीले हनुमानथानबाट नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी दानबहादुर थापाले जानकारी दिए।

उनका अनुसार तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा अदालतमा दायर भएको रहेछ। अदालतमा उपस्थित गराउने प्रयोजनका लागि उनलाई पक्राउ गरिएको हो।बैंकिङ कसुरसम्बन्धी मुद्दा अदालतमा दायर भएको रहेछ। अदालतमा उपस्थित गराउने प्रयोजनका लागि सिंहदरबारको बाहिर हनुमानथानमा फेला पारी नियन्त्रणमा लिएको रहेछ,’ एसपी थापाले भने।एसपी थापाका अनुसार तामाङ ओसिन ट्रान्सपोर्ट एन्ड एड्भेन्चरका सञ्चालकसमेत हुन्।बाढी प्रभावित क्षेत्रका समस्या लिएर प्रधानमन्त्रीसँग छलफल गर्न सिंहदरबार पुगेका गाउँपालिका अध्यक्ष बैठकपछि भने बैंकिङ कसुरसम्बन्धी मुद्दाका कारण प्रहरी नियन्त्रणमा परेका हुन्।