काजकिरिया चलिरहेको आफ्नै आँखाले देख्दा मन भक्कानिने – हर्क साम्पााङ्
सुरेस कुमार थपलिया
रसुवामा बाटो मर्मतका लागि आफूहरूले सक्दो सहयोग गरिरहेको उल्लेख गर्दै साम्पाङले पुङ खोलाको आसपास मोबाइल नेटवर्कसमेत सहज रूपमा नचल्ने बताएका छन्। लगातार अत्यधिक झरी परिरहँदा एउटा सानो ठाउँमा मात्र कहिलेकाहीँ नेटवर्क टिप्ने गरेको उनको भनाइ छ।प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढीग्रस्त रसुवामा १० दिन बिताइसक्दा पनि त्यहाँबाट फर्किन मन नलागेको बताएका छन्।
झरीबाट छेलिएर बसेका बेला कसैले आफ्नो तस्बिर खिचिदिएको उल्लेख गर्दै उनले रसुवा आएदेखि यस ठाउँसँग गहिरो भावनात्मक सम्बन्ध गाँसिएको बताएका छन्।बाढीका कारण घरबार, आफन्त तथा आफ्ना मानिस गुमाएका पीडितसँगै बसेर केही सान्त्वना दिन चाहेको साम्पाङको भनाइ छ। उनले सरकारलाई रसुवाप्रति गम्भीर बन्न आग्रह गरेका छन्।सरकारसँग मेरो एउटै अनुरोध छ—रसुवालाई माया गरिदिनुहोस्,’ उनले भनेका छन्।यहाँ धेरै मानिस बेपत्ता रहेको, परिवारहरू पीडामा रहेको तथा कतै सामूहिक घेवा र कतै काजकिरिया चलिरहेको दृश्य आफ्नै आँखाले देख्दा मन बेस्सरी रुने गरेको उनले बताएका छन्।उनले रसुवाका मानिसहरूको दुःखलाई आफ्नै दुःख सम्झन आग्रह गर्दै नुवाकोट र धादिङका प्रभावितप्रति पनि उत्तिकै माया र संवेदनशीलता देखाउन अपिल गरेका छन्।
