रिपब्लिकनको नियन्त्रण कायम राख्ने लक्ष्यसहित ट्रम्पले मतदातालाई आफ्नो पक्षमा उभिन आह्वान

Spread the love

रिपब्लिकन पार्टीको टेक्सासस्थित डल्लासमा आयोजित मध्यावधि सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो घोषणा गरेका हुन्। उनले प्रस्तावित रकमलाई ‘ट्रम्प डिभिडेन्ड’ नाम दिएका छन्।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा नियन्त्रण कायम राखे प्रत्येक वयस्क अमेरिकी नागरिकलाई ५ हजार अमेरिकी डलर दिने घोषणा गरेका छन्।रिपब्लिकनले जिते तपाईंहरू पनि हामीसँगै जित्नुहुन्छ र ५ हजार डलर पाउनुहुन्छ,’ ट्रम्पले भनेका छन्। उनले उक्त रकम अमेरिकाभित्रै खर्च गर्नुपर्ने समेत बताएका छन्।ट्रम्पको यो घोषणा आगामी नोभेम्बरको मध्यावधि निर्वाचनलाई लक्षित चुनावी वाचाका रूपमा आएको हो। निर्वाचनमा प्रतिनिधिसभा र सिनेट दुवैमा रिपब्लिकनको नियन्त्रण कायम राख्ने लक्ष्यसहित ट्रम्पले मतदातालाई आफ्नो पक्षमा उभिन आह्वान गरेका छन्।

ट्रम्पको प्रस्तावअनुसार अमेरिकाका सबै वयस्क नागरिकलाई ५ हजार डलर वितरण गर्नुपरेमा यसको कुल लागत एक ट्रिलियन डलरभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ। तर यो रकम कहाँबाट जुटाउने र वास्तवमा कसरी वितरण गर्ने भन्नेबारे ट्रम्पले विस्तृत योजना प्रस्तुत गरेका छैनन्।उपराष्ट्रपति जेडी भान्सले भने पछि यस योजनाबारे थप संकेत दिँदै धनी वर्गले यस्तो रकम नपाउने हुनसक्ने बताएका छन्। उनले रकमको स्रोतका रूपमा ट्यारिफबाट प्राप्त आम्दानीतर्फ संकेत गरे पनि प्रस्तावका वित्तीय तथा कानुनी पक्ष अझै स्पष्ट छैनन्।विशेषज्ञहरूले भने यति ठूलो रकम वितरण गर्न कांग्रेसको स्वीकृति आवश्यक पर्न सक्ने बताएका छन्। राष्ट्रपतिसँग एक्लै यस्तो ठूलो भुक्तानी कार्यक्रम कार्यान्वयन गर्ने अधिकार नरहेको कानुनी विश्लेषण पनि सार्वजनिक भएको छ।डेमोक्रेटिक पार्टीमाथि ट्रम्पको आक्रामक प्रहारडल्लासको कार्यक्रममा ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीमाथि पनि तीव्र आलोचना गरेका छन्।

रिपब्लिकनले चुनाव हारेमा देशले सीमा सुरक्षा, करको पैसा र राष्ट्रिय सुरक्षासहित महत्वपूर्ण विषयमा ठूलो क्षति व्यहोर्नुपर्ने उनको दाबी थियो। उनले विपक्षी पार्टीको शासनलाई कडा शब्दमा आलोचना गर्दै आफ्ना समर्थकलाई रिपब्लिकन उम्मेदवारका पक्षमा मतदान गर्न आह्वान गरेका छन्।यस क्रममा ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुवाती दुई वर्षलाई सफल भएको दाबी गर्दै मध्यावधि निर्वाचनलाई आफ्नो सरकारप्रतिको जनमतसंग्रहकै रूपमा प्रस्तुत गरेका छन्।वाचा कार्यान्वयन होला त?ट्रम्पको ५ हजार डलरको घोषणाले अमेरिकी राजनीतिमा ठूलो चर्चा पाए पनि यो तत्काल कार्यान्वयन हुने सुनिश्चित भइसकेको कार्यक्रम भने होइन।प्रस्तावलाई व्यवहारमा ल्याउन आवश्यक कानुनी प्रक्रिया, रकमको स्रोत र कांग्रेसबाट सम्भावित स्वीकृतिबारे अझै स्पष्टता आउन बाँकी छ। त्यसैले अहिलेका लागि यसलाई चुनावी वाचा वा प्रस्तावका रूपमा हेरिएको छ।यद्यपि, महँगी र जीवनयापनको बढ्दो खर्चका बीच ट्रम्पले मतदातासामु सिधै ५ हजार डलरको आर्थिक लाभको प्रस्ताव अघि सारेपछि नोभेम्बरको मध्यावधि निर्वाचनमा यसको राजनीतिक प्रभाव कस्तो पर्छ भन्ने चासो बढेको छ।