खोज उद्धार कार्यमा सहकार्य पुनःस्थापनामा सहयोग पुर्‍याउनु प्रमुख उदेस्य

Spread the love

टिकाराम भन्डारि नेपाल भ्रमण क्रममा उनले बाढीबाट प्रभावित त्रिशूली क्षेत्रको दृश्य सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै नेपालको अवस्थाप्रति दुःख व्यक्त गरेका छन्। नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न दुबईका चर्चित इन्फ्लुएन्सर खालिद अल अमेरी त्रिशूली पुगेका छन्।

यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालमा बाढी तथा पहिरो प्रभावितको खोज तथा उद्धारका लागि थप सहयोग पठाएको छ।यूएईको तेस्रो राहत विमान शुक्रबार नेपाल आइपुगेको हो। उक्त विमानमा खोज तथा उद्धार टोलीसहित २० टन राहत सामग्री ल्याइएको खालिज टाइम्सले यूएईको सरकारी समाचार संस्था डब्लूएएमलाई उद्धृत गर्दै जनाएको छ।तेस्रो विमानको आगमनसँगै यूएईले नेपालमा पठाएको कुल राहत सामग्री १४८ टन पुगेको छ।

विमानबाट आएको टोलीमा दुबई प्रहरीको खोज तथा उद्धार टोलीसमेत रहेको छ। उक्त टोलीले नेपाली अधिकारीसँग समन्वय गरी बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग गर्नेछ।विमानलाई नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, परराष्ट्र मन्त्रालयका संयुक्त सचिव रामकाजी खड्का, नेपालका लागि यूएईका राजदूत अब्दुल्लाह अल शम्सी तथा यूएई एड एजेन्सीका उपाध्यक्षको कार्यालयका निर्देशक डा. अहमद अल मन्सुरीलगायतले स्वागत गरेका थिए।यूएईका अनुसार राहत प्रयासको उद्देश्य प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत अभियानलाई सहयोग गर्नु, खोज तथा उद्धार कार्यमा सहकार्य गर्नु तथा प्रारम्भिक पुनःस्थापनामा सहयोग पुर्‍याउनु हो।यूएईले आपत्कालीन स्वास्थ्य सहायता र विभिन्न उमेर समूहका प्रभावितका लागि आवश्यक सामग्री उपलब्ध गराउने कार्यलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।नेपालको बाढी प्रभावित क्षेत्रको अवस्था सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै खालिद अल अमेरीले पनि नेपालप्रति ऐक्यबद्धता जनाएका छन्।