विस्थापितहरूलाई तत्काल अस्थायी आवास खाना कपडाऔषधि र सुरक्षित आश्रय आवश्यक

Spread the love

टिकाराम भन्डारि

नुवाकोटको बेत्रावतीमा बाढीबाट विस्थापित परिवारहरू अहिले घरबारविहीन भएर आफन्त फर्किने आशामा दिन काटिरहेका छन्।बेत्रावतीमा बाढीपीडितको पीडा: घर छैन, आफन्तको अत्तोपत्तो छैन, खुला आकाशमुनि रात बिताईरहेका छन् ।बाढीले घर बगाएपछि धेरै परिवारसँग न बस्ने ठाउँ छ, न खाने सामान। शरीरभरि माटो र बालुवा, फेर्ने कपडासमेत नभएको अवस्थामा उनीहरू अस्थायी आश्रयको खोजीमा भौंतारिरहेका छन्।बेत्रावतीका विस्थापितमध्ये केही तीन घण्टाको दूरीमा रहेको केराघारीतर्फ गएर रात बिताइरहेका छन्। स्थानीयका अनुसार डंगोल परिवारकै १०० भन्दा बढी घरधुरी रहेको क्षेत्रमा बाढीपछि धेरै मानिस सम्पर्कविहीन छन् भने केही परिवार सुरक्षित स्थानतर्फ लागेका छन्।

‘भोलि कहाँ जाने, कहाँ बस्ने हो थाहा छैन’, भन्ने पीडितहरूको अवस्था अहिले बेत्रावतीको वास्तविक तस्वीर बनेको छ। कतिपयले आफन्तको खोजी गरिरहेका छन् भने कतिपय घाइते परिवारका सदस्यको उपचार कहाँ भइरहेको छ भन्ने जानकारीसमेत पाउन सकेका छैनन्।बाढीले बेत्रावती आसपासका घर, सडक, पुल, खेतीयोग्य जमिन र अन्य संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बेत्रावतीदेखि रसुवागढीसम्मको करिब ४२ किलोमिटर सडकसमेत बाढीले क्षतिग्रस्त बनाएको सडक विभागले जनाएको छ।स्थानीयहरूका लागि सबैभन्दा ठूलो पीडा भनेको घर गुमाउनु मात्र होइन, आफ्ना मान्छेहरू कहाँ छन् भन्ने थाहा नहुनु हो। बाढीपछि नुवाकोटका प्रभावित बस्तीहरूमा परिवारहरू आफन्तको खोजीमा भौंतारिरहेका छन्।बाढीबाट विस्थापितहरूलाई तत्काल अस्थायी आवास, खाना, कपडा, औषधि र सुरक्षित आश्रय आवश्यक रहेको स्थानीयहरूले बताएका छन्।बेत्रावती अहिले एउटा बस्ती मात्र होइन, बाढीपछि घर र आफन्त गुमाएका सयौँ परिवारको पीडाको प्रतीक बनेको छ।