भारतबाट ११ सदस्यीय चिकित्सक स्वास्थ्यकर्मी सुरुङ उद्धारका लागि टोली काठमाडौं प्रस्थान
सबिना प्रजा
विपद् प्रभावित क्षेत्रमा विदेशी खोज तथा उद्धार टोली परिचालन गर्न अनुमति दिने भएको छ। यसअघि विदेशी सहयोग तत्काल आवश्यक नरहेको बताउँदै आएको सरकारले आफ्नो अडान परिवर्तन गर्दै सहयोगका लागि ‘ग्रीन सिग्नल’ दिएको हो।भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, श्रीलंका र बंगलादेशले खोज तथा उद्धार टोली नेपाल पठाउने प्रस्ताव गरेका थिए।
शुक्रबार दिउँसोसम्म परराष्ट्र मन्त्रालयले नेपाली सुरक्षा निकाय नै उद्धारमा खटिएकाले विदेशी टोली आवश्यक नरहेको जनाएको थियो।सरकारको पछिल्लो निर्णयसँगै भारतबाट ११ सदस्यीय चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरुङ उद्धारका लागि रेकी टोली काठमाडौं प्रस्थान गरेको भारतीय विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका छन्।
