अस्ट्रेलियाले आश्रय सरसफाइ सामग्री कम्बल स्वास्थ्य सेवा मनोसामाजिक परामर्श उपलब्ध गराइने

Spread the love

अस्ट्रेलियाको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत नेपालमा काम गरिरहेका साझेदार संस्थामार्फत उक्त रकम परिचालन गरिने जनाएको छ।नेपालमा बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि अस्ट्रेलिया सरकारले ५० लाख अस्ट्रेलियन डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

सहयोगबाट बाढी प्रभावित समुदायलाई खाद्यान्न, आकस्मिक आश्रय, स्वच्छ खानेपानी, सरसफाइ लगायतका अत्यावश्यक सामग्री तथा सेवा उपलब्ध गराइनेछ।घोषित सहयोगमध्ये २० लाख अस्ट्रेलियन डलर विश्व खाद्य कार्यक्रममार्फत खर्च हुनेछ। प्रभावित क्षेत्रमा उक्त संस्थाले खाद्यान्न वितरण र आपतकालीन लजिस्टिक सहयोग सुरु गरिसकेको मन्त्रालयले जनाएको छ।त्यस्तै, थप २० लाख अस्ट्रेलियन डलर ‘अस्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिप’ अन्तर्गत अस्ट्रेलियाली गैरसरकारी संस्थामार्फत परिचालन हुनेछ। उक्त रकमबाट आपतकालीन आश्रय, सरसफाइ सामग्री, कम्बल, स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्श उपलब्ध गराइनेछ।बाँकी १० लाख अस्ट्रेलियन डलर ‘इमर्जेन्सी एक्सन एलायन्स मार्फत स्थानीय तहमा सञ्चालन हुने पुनःस्थापना तथा पुनर्निर्माणका काममा प्रयोग गरिने अस्ट्रेलियाको विदेश मन्त्रालयले जनाएको छ।