समाचार

मागअनुसार संशोधन गर्न नमिल्ने ठहर

Spread the love

सर्वोच्च अदालतले कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो मुद्दासम्बन्धी आदेशमा रहेको विवरण सच्याउन माग गर्दै दिएको निवेदन अस्वीकार गरेको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले रिट, विपक्षीको लिखित जवाफ र प्रमाणको समग्र मूल्यांकनबाट आदेश जारी भएकाले मागअनुसार संशोधन गर्न नमिल्ने ठहर गरेको हो। कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा बिहीबार पुनः सुनुवाइ हुँदैछ।