सुहाङ नेम्वाङ श्रम संस्कृति पार्टीमा प्रवेश गर्लान त ?
श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले एमाले नेता सुहाङ नेम्वाङलाई आफ्नो पार्टीमा भित्र्याएर कोशी प्रदेशको मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् । उदयपुरको त्रियुगामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा किरातीले अध्यक्ष राई र आफू वरिष्ठ नेता रहेकाले अर्को सक्षम नेतृत्व अघि सार्नुपर्ने बताएका हुन् ।
