बागमती प्रदेशसभा बैठक मंगलवार चल्ने
टिकाराम भन्डारि
हेटौँडा — बागमती प्रदेशसभाको बैठक सोमबार तीनपटक समय परिवर्तन गर्दा पनि बस्न सकेन। सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र देखिएको विवाद तथा नेकपाको असन्तुष्टिका कारण मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन पाउनुभएन।
विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठक पटक–पटक स्थगित भएपछि सोमबारको कार्यसूची प्रभावित भएको हो। सत्ता गठबन्धनभित्रै सहमति जुट्न नसक्दा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढ्न सकेन।
अब प्रदेशसभाको बैठक मंगलबार अपराह्न ४ बजे बस्ने तय भएको छ। उक्त बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिने प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ। गठबन्धनभित्रको विवाद समाधान गरी आवश्यक सहमति जुटाउन मंगलबारसम्म समय रहेको छ।
