सचिव देखि श्रेणीविहीन सम्मका २ हजार ५७७ दरबन्दी कटाैति
सबिना प्रजा
संघीय सरकारका मन्त्रालय तथा मातहतका पुनःसंरचित निकायमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) पछि विशिष्ट श्रेणी अर्थात् सचिव तहदेखि श्रेणीविहीनसम्मका गरी खुद २ हजार ५७७ दरबन्दी घटेका अन्तिम विवरणअनुसार ओएण्डएमअघि समेटिएका संरचनामा २२ हजार २४६ दरबन्दी रहेकामा पुनःसंरचनापछि १९ हजार ६६९ दरबन्दी कायम गरिएको संघीय सरकारका मन्त्रालय तथा मातहतका पुनःसंरचित निकायमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) पछि विशिष्ट श्रेणी अर्थात् सचिव तहदेखि श्रेणीविहीनसम्मका गरी खुद २ हजार ५७७ दरबन्दी घटेका छन्।
यसअनुसार साबिकको तुलनामा २ हजार ५७७ दरबन्दी कम भएका हुन्।तर यो कटौती सबै मन्त्रालय, सेवा वा श्रेणीमा समान छैन। कतिपय मन्त्रालय तथा सेवामा उल्लेख्य दरबन्दी घटाइएको छ भने नयाँ कार्यजिम्मेवारी तथा पुनःसंरचनाअनुसार केहीमा पद थपिएका छन्। त्यसैले २ हजार ५७७ लाई घटाइएका सबै पदको मात्र जोड नभई थपिएका र घटाइएका पद समायोजनपछिको खुद अन्तरका रूपमा बुझ्नुपर्ने हुन्छ।मन्त्रालयगत विवरणमा सबैभन्दा धेरै कृषि, वन तथा वातावरण मन्त्रालयमा १ हजार ५६२ दरबन्दी कम भएका छन्। त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ४७० र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १६१ दरबन्दी घटेका छन्।
कृषि-वनमा सबैभन्दा धेरै कटौती, गृहमा ९३ थपिए
अन्तिम मन्त्रालयगत विवरणअनुसार अर्थ मन्त्रालयमा साबिक ३ हजार ११ दरबन्दी रहेकामा २ हजार ९१० कायम गरिएको छ। यसअनुसार अर्थमा १०१ पद घटेका छन्।
