गृहमन्त्री सुधन गुरुङ आन्दोलन घाइतेहरूबीच भेटवार्ता समाधानका लागि आवश्यक पहल गर्ने

Spread the love

टिकाराम भन्डारि

रास्वपा केन्द्रीय कार्यालयमा आयोजित ‘नागरिक, नीति र नेतृत्व’ विषयक छलफल कार्यक्रममा सहभागी हुन गृहमन्त्री गुरुङ पुगेका थिए। गृहमन्त्री कार्यालयमा आउने जानकारी पाएपछि जेनजी आन्दोलनका घाइते, राइड सेयरिङ चालक तथा ट्रक दुर्घटनाका पीडितहरू आफ्ना समस्या र माग राख्न त्यहाँ पुगेका थिए।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा गृहमन्त्री सुधन गुरुङ र विभिन्न आन्दोलन तथा दुर्घटनाका घाइतेहरूबीच भेटवार्ता भएको छ।

भेटका क्रममा गृहमन्त्री गुरुङले पीडितहरूको गुनासो तथा माग सुनेका थिए। उनले उनीहरूले उठाएका समस्याप्रति चासो देखाउँदै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको बताइएको छ।विभिन्न आन्दोलन तथा दुर्घटनाबाट प्रभावितहरूले उपचार, राहत, क्षतिपूर्ति तथा राज्यबाट आवश्यक सहयोगको माग गर्दै आएका छन्।