सुरक्षाकर्मीको समन्वयमा भैँसीलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन सफल
दाङको घोराही उपमहानगरपालिका–१८ अन्तर्गत नवलपुर, पालदमार, सालघारी र अम्बापुर क्षेत्रमा आइतबार दिनभर आक्रामक बनेपछि सर्वसाधारण घाइते हुन थालेका थिए। त्यसपछि स्थानीयवासी घरबाहिर निस्कनसमेत सशंकित बनेका थिए। बस्तीभरि भैँसीको खोजी, नियन्त्रण र सुरक्षाको प्रयास दिनभर जारी रहँदा प्रभावित क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।दाङको घोराही उपमहानगरपालिका–१८ अन्तर्गत नवलपुर, पालदमार, सालघारी र अम्बापुर क्षेत्रमा आइतबार दिनभर एउटा भैँसीले त्रास फैलाएको छ। मासु व्यवसायीले खरिद गरेर ल्याएको भैँसी खोरमा राख्ने क्रममा फुत्किएपछि मानव बस्तीमा पसेर आतंक मच्चाएको हो
भैँसीलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, नेपाली सेना, मासु व्यवसायी तथा स्थानीयवासी संयुक्त रूपमा परिचालित भएका थिए। निरन्तरको प्रयासपछि आइतबार साँझ स्थानीयको सुझबुझ, व्यवसायीको अनुभव र सुरक्षाकर्मीको समन्वयमा भैँसीलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन सफलता मिलेको हो।भैँसी नियन्त्रणमा आएपछि मात्रै स्थानीयले राहतको सास फेर्न पाए। पाँच दिनदेखि जारी त्रासको अन्त्य भएसँगै प्रभावित क्षेत्रमा जनजीवन पुनः सामान्य बन्दै गएको छ। तस्विर: नरेन्द्र केसीको
