दुर्गा प्रसाई प्रकाउ अनुसन्धान जारी
प्रहरीका अनुसार सामाजिक सद्भाव भड्काउने गतिविधिमा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिइएको हो।अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान टोलीको संयुक्त टोलीले आइतबार साँझ भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको हो।
पक्राउपछि उनलाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको जनाइएको छ।यसअघि आइतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले हिन्दू राज्य र राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन चर्काउने घोषणा गरेका थिए।दुर्गा प्रसाईं यसअघि पनि भड्काउ अभिव्यक्ति दिएको आरोपमा विभिन्न समयमा पक्राउ परेका थिए। प्रहरीले यस घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
