मुलुकलाई द्वन्द्व र अस्थिरता तर्फ धकेल्न सक्ने चेतावनी-सुदन किराँती
श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँती ले गृहमन्त्री सुदन गुरुङ ले हिन्दू राष्ट्रसम्बन्धी मुलुकलाई थप द्वन्द्व र अस्थिरतातर्फ धकेल्न सक्ने चेतावनी बुँदे प्रस्ताव स्वीकार गरी पूरा गर्ने सहमति गरेको भन्ने समाचार सत्य भए हिन्दू राष्ट्रबारे सहमति भयो भने संविधानमाथिको प्रहार’, सुदन किराँतीको चेतावनी संविधानको मर्म र भावनाविपरीत हुने बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै किराँतीले दंगा साम्य पार्ने नाममा संविधानका आधारभूत मूल्य र मान्यतामाथि सम्झौता गर्न नहुने बताएका छन्। उनले यस्तो कदमले मुलुकलाई थप द्वन्द्व र अस्थिरतातर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्।उनले लेखेका छन्, “दंगा साम्य पार्ने नाममा सरकारले हिन्दू राष्ट्रसहितको १३ बुँदे मागलाई ग्रहण गर्ने र पूरा गर्ने प्रतिबद्धताका साथ तीन महिनाभित्र छलफल गर्ने सहमति गरेको हो भने, त्यो संविधानको मर्म र भावनाविपरीत छ।”
किराँतीले नेपालको संविधान गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी लोकतन्त्र का चार आधारस्तम्भमा आधारित रहेको उल्लेख गर्दै तीमध्ये कुनै एकलाई कमजोर पार्ने प्रयासले मुलुकलाई गृहयुद्धतर्फ धकेल्न सक्ने दाबी गरेका छन्। उनले यस्तो अवस्था सिर्जना भए त्यसको राजनीतिक जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताएका छन्।उनले थप चेतावनी दिँदै लेखेका छन्, “खबरदार! प्रजातन्त्र, गणतन्त्र र मधेस आन्दोलनका सहिदहरूले आफ्नो रगत र बलिदानबाट स्थापित गरेका उपलब्धिमाथि खेलबाड गर्ने प्रयास स्वीकार्य हुने छैन।”यद्यपि, यसअघि धनुषामा हिन्दुवादी सङ्गठनसँग भएको भेटवार्ताबारे सरकारी अधिकारीहरूले कुनै औपचारिक सहमति नभएको स्पष्ट पारिसकेका छन्। उनीहरूका अनुसार गृहमन्त्री गुरुङले विभिन्न सङ्गठनबाट ज्ञापनपत्र मात्र बुझेका हुन्, कुनै सम्झौता वा सहमतिपत्रमा हस्ताक्षर भएको छैन।
