नागरिकलाई देशको अस्तित्व जोगाउन एकजुट हुन अपिल -दुर्गा प्रसाई
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उपदेश स्मरण गर्दै नेपाल सबै जातजाति र वर्गको साझा फूलबारी भएको उल्लेख गरे। उनले सत्तापक्षीय नेताहरूले नक्कली सहमति र प्रपञ्च रचिरहेको आरोपसमेत लगाए।मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले अभिव्यक्ति स्वतन्त्रता कमजोर बनाइएको र नागरिकका आधारभूत अधिकार कुण्ठित गरिएको आरोप लगाए।
उनका अनुसार आन्दोलन कुनै धर्म वा समुदायविरुद्ध नभई समग्र व्यवस्था परिवर्तनका लागि लक्षित हुनेछ। उनले वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्थाको पुनर्बहालीलाई मुख्य एजेण्डा भएको दोहोर्याउँदै संविधान संशोधनमार्फत माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिए।प्रसाईँले बुद्धिजीवी, पत्रकार र नागरिकलाई देशको अस्तित्व जोगाउन एकजुट हुन अपिल गरेका छन्।
