२४ को टीओबी अतिवादी जरा नष्ट नगरेसम्म देश शान्ति हुन सक्दैन -गाेकुल बास्कोटा
आफ्नो धारणा सार्वजनिक गर्दै गाेकुल बास्कोटाले उक्त घटनालाई ‘टीओबी प्रायोजित आतङ्कवादी आमहिंसा’को संज्ञा दिएका छन्। उनले हिंसाका अतिवादी जरा नष्ट नगरेसम्म मुलुक स्थायित्व र शान्तितर्फ अघि बढ्न नसक्ने दाबी गरेका छन्।नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले भदौ २४ गते भएको हिंसात्मक घटनाका प्रायोजक र त्यसका मूल कारणमाथि कारबाही नगरेसम्म देशमा अराजकता र अस्थिरता अन्त्य हुन नसक्ने बताएका छन्।
बास्कोटाले सरकारलाई घटनाका दृश्य तथा अदृश्य प्रायोजकको पहिचान गरी सत्य सार्वजनिक गर्न तथा उनीहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्। उनले दण्डहीनताको संरक्षण स्वीकार्य नहुने उल्लेख गर्दै सरकारसँग स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन्।सामाजिक सञ्जालमा उनले लेखेका छन्, “गएको भदौ २४ को टीओबी प्रायोजित आतङ्कवादी आमहिंसाका अतिवादी जरा नष्ट नगरेसम्म देश अराजकता र अस्थिरताबाट तङ्ग्रिन सक्दैन। दृश्य र अदृश्य प्रायोजक को थिए? दण्डहीनताको रक्षा स्वीकार्य छैन। बोल सरकार, एकपटक बोल।”
